Trend
जगन्नाथका बालबालिकासँग जन्मदिन, बानियाँ परिवारद्वारा २५ हजारको सामग्री सहयोग  ||   सन्दीपको ह्याट्रिकमा विराटनगर प्लेअफको दाैडमा, पोखरा बाहिरियो  ||   सन्दीपको ह्याट्रिक र ६ विकेटको मद्दतमा विराटनगर हाबी, पोखराले दियो १३३ रनको लक्ष्य  ||   इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’  ||   भैलीको आत्मा कहाँ हरायो? आधुनिकताको भेलमा रैथाने संस्कृतिको खोजी  ||   कुकुरबारे यी १३ अनौठा तथ्य: जसले तपाईँको सोचाइ नै बदलिदिनेछ!  ||   आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन: कुन समयमा के गर्ने?  ||   गोरखामा सुक्खा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो, बुढीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह  ||  
आइतबार , मंग्सिर ७, २०८३

जन्मदिनको उत्सव जगन्नाथका बालबालिकासँग, बानियाँ परिवारद्वारा २५ हजार बराबरको सामग्री सहयोग

म्याग्दी – बेनी नगरपालिका–५, नयाँ गाउँस्थित श्री जगन्नाथ आधारभूत विद्यालयमा आशिष् बानियाँको ३३ औँ जन्मजयन्तीको अवसरमा विद्यार्थीलाई करिब २५ हजार रुपैयाँ बराबरका न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।

बेनी नगरपालिका–५, गाजने हाल अमेरिकामा रहेका लोकबहादुर बानियाँका छोरा आशिष् बानियाँको जन्मदिनको अवसर पारेर  आइतबार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री सहयोग गरिएको हो। जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीको शैक्षिक तथा दैनिक आवश्यकतालाई सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको जनाइएको छ।

विद्यालयका पूर्व शिक्षक तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर पुनको पहलमा र पूर्व शिक्षक यामबहादुर बानियाँको समन्वयमा उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा यामबहादुर बानियाँले विद्यार्थीलाई सामग्री वितरण गरेका थिए।

कार्यक्रमका पहलकर्ता बेलबहादुर पुनले जन्मदिन तथा अन्य व्यक्तिगत खुसीका अवसरलाई सामाजिक सेवासँग जोड्न सके समाजमा सकारात्मक संस्कारको विकास हुने बताए। उनले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको आवश्यकता पूरा गर्न समुदायका सदस्यहरूको सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यले सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई बलियो बनाउने बताए।

त्यस्तै, समन्वयकर्ता पूर्व शिक्षक यामबहादुर बानियाँले विद्यार्थीको शैक्षिक विकास र आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको बताए। उनले बालबालिकाको शिक्षा र भविष्य निर्माणमा सहयोग गर्नु समाजका सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालय र विद्यार्थीको हितमा सहयोग तथा सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको नियमितता र सिकाइमा उत्साह अभिवृद्धि गर्न समुदायको साथ महत्त्वपूर्ण हुने विद्यालय व्यवस्थपन समिति अध्यक्ष यामकुमारी पाइजा पुनको भनाइ छ । पुनले जन्मदिनको अवसरमा गरिएको उक्त सहयोगले विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउनुका साथै विद्यालयप्रति समुदायको चासो र अपनत्व अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताइन् ।

विद्यालयले सहयोगदाता लोकबहादुर बानियाँ परिवार, पहलकर्ता बेलबहादुर पुन, समन्वयकर्ता यामबहादुर बानियाँ तथा सहयोगमा संलग्न सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरेको छ। विद्यालयको शैक्षिक विकास तथा विद्यार्थीको हितमा आगामी दिनमा पनि यस्तै सहयोग, सद्भाव र सहकार्य कायम रहने विद्यालयले अपेक्षा गरेको छ। विद्यालय व्यवस्थपन समिति अध्यक्ष यामकुमारी पाइजा पुनको अध्यक्षता, प्रधानाध्यपक प्रकाश अधिकारीको संचालन तथा शिक्षक निशा पाइजाले स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

२

काउरेमा भलिवल प्रतियोगिता शुरु, १५ टिमको सहभागीता।

३

सुरज पण्डित र शान्तिश्रीको स्वरमा ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक

४

‘विष्णु भगवान्‌को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’

५

लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी

६


TOP