Trend
‘विष्णु भगवान्‌को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’  ||   साहित्यमा एआई बहस: लेखकले मेसिनसँग सहकार्य गर्न पाउने कि नपाउने?  ||   अनौठो सिफारिस: सरकारी लेटरप्याडमै व्यक्तिलाई ‘भगवान्’ घोषणा!  ||   लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी  ||   मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।  ||   मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी  ||   भोर्लेटारमा रैथाने हाटबजार शुरु।  ||   पहिलो सेवाग्राहीलाई पान हस्तान्तरण गर्दै नगर प्रमुख- पाण्डे।  ||  
शनिबार , अषोज १०, २०८३
‘विष्णु भगवान्‌को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’ – Sarangi News

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको आधिकारिक लेटरप्याड प्रयोग गरी एक व्यक्तिलाई ‘विष्णु भगवान्‌को अवतार’ का रूपमा प्रमाणित गरिएको सिफारिस पत्रको वास्तविकता अन्ततः पुष्टि भएको छ। सामाजिक सञ्जालमा व्यापक भाइरल बनेको उक्त अनौठो सिफारिस पत्र आफैँले जारी गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले स्वीकार गर्नुभएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको पत्रमा तमानखोला गाउँपालिका–१, हिजा निवासी पुन्टे कामीका छोरा जस बहादुर कामीलाई ‘श्री विष्णु भगवान्‌को अवतारको रूपमा ज्ञान प्राप्त भएको’ व्यहोरा उल्लेख गरी सिफारिस गरिएको छ। सरकारी लेटरप्याड, चलानी नम्बर र गाउँपालिका अध्यक्ष बुढाको हस्ताक्षरसहितको पत्र बाहिरिएपछि प्रशासनिक मर्यादाको चरम उल्लङ्घन भन्दै नागरिकस्तरबाट चर्को आलोचना र छानबिनको माग उठिरहेको थियो।

यसअघि लेटरप्याड वा हस्ताक्षरको दुरुपयोग भएको हुन सक्ने आशंका गरिए तापनि गाउँपालिका अध्यक्ष बुढासँग सम्पर्क गर्दा उहाँले उक्त सिफारिस आधिकारिक रूपमै गरिएको स्पष्ट पार्नुभयो। “पत्रमा जे लेखिएको छ, त्यही हो,” अध्यक्ष बुढाले भन्नुभयो। यद्यपि, राज्यको औपचारिक प्रशासनिक निकायबाट अन्धविश्वासलाई बढावा दिने गरी व्यक्तिलाई ‘भगवान्’ प्रमाणित गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा भने उहाँले थप प्रतिक्रिया दिन चाहनुभएन।

स्थानीय सरकार सञ्चालन ऐन तथा विद्यमान कानुनी व्यवस्थाअनुसार स्थानीय तहले नागरिकलाई व्यक्तिगत घटना, नाता प्रमाणित, व्यवसाय तथा योजनासम्बन्धी सिफारिसहरू मात्र जारी गर्न पाउने कानुनी दायरा छ। यसरी सरकारी संयन्त्र र पदीय मर्यादाकै धज्जी उडाउँदै व्यक्तिलाई ‘भगवान्‌को अवतार’ घोषणा गरिएको पत्रको आधिकारिकता अध्यक्ष स्वयंले स्वीकार गरेपछि यो विषय थप विवादित र कानुनी प्रश्नको घेरामा तानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP