भोर्लेटार(लमजुङ) लमजुङको मध्यनेपाल नगरपालिको सम्वन्वयमा मध्यनेपाल नगरपालिका वडा नं ०९ ले वडा भरका जेष्ठ नागरिकलाई १५७ जनालाई १५७ थान न्यानो लुगा (ब्ल्याङ्केट) बितरण गरेको छ।
मिति २०८३ कार्तिक १७ गते बाङ्रेबेशिमा ६४ जनालाई, १८ गते गाउँ बाङ्रेमा ६५ जनालाई र कार्तिक १९ गते रातामाटामा २८ जनालाई गरि जम्मा १५७ जनालाई बितरण गरेको छ।
मध्यनेपाल नगरपालिका नगरप्रमुख रमेश कुमार पाण्डे र वडा नं ०९ का वडा अध्यक्ष महेश पाण्डेले गाउँ गाउँ र टोलटोलमा पुगेर न्यानो लुगा बितरण गरेको कार्यलाई स्थनिय बासिको धन्यवादको पात्र बन्न र एक जनप्रतिनिधिमा हुनुपर्ने गुणको बखान गरेको पाईएको थियो।
रु ३ लाख बराबरको बजेट द्वारा बितरित न्यानो लुगाले यो चिसो मौसममा जेष्ठ नागरिकलाई राहात मिलेको पाईएको छ। गाउँ बाङ्रेका जेष्ठ नागरिक बिन बहादुए कुंवरका अनुसार स्थानिय सरकारले गरेको यो सर्हानिय कार्यको सम्मान गर्नु पर्दछ साथै स्थानीय सरकारसङ जोडिएका शिक्षा स्वास्थ्य र अन्य बिकास निर्माणका कामहरुले थप अझ गति लिएमा सुनमा सुगन्ध हुने थियो भनेका थिए।




