पोखरा, कार्तिक १४ गते ।  लघुकथा प्रतिष्ठान, पोखराद्वारा आयोजित ९० औँ नियमित लघुकथा वाचन कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ ।

लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १४ जना लघुकथाकारहरूले आआफ्ना लघुकथा वाचन गरेका थिए । लघुकथा वाचन गर्नेहरूमा कृष्णप्रसाद बास्तोला (राजु), जमुना कायस्थ, विकास लुङ्गेली, लक्ष्मण गौतम, सम्झना कुँवर, काजी गाउँले, वसन्त चालिसे, पशुपति श्रेष्ठ, लक्ष्मी थापा, यमबहादुर पौडेल क्षेत्री, यादवचन्द्र भुर्तेल, विष्णु बास्तोला, अल्पविराम पोखरेली, कल्याण पन्त रहेका थिए ।  कार्यक्रममा लघुकथा प्रतिष्ठानका कोषाध्यक्ष कृष्णप्रसाद बास्तोलले लघुकथाकारहरूलाई स्वागत मन्तव्य राखेका भने सो प्रतिष्ठानका सदस्य विष्णु बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०७४ चैत १० गते भएको  साहित्यकारहरूको व्यापक छलफलपछि पोखरामा हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन पोखरा गैह्रापाटनस्थित पश्चिमान्चल माध्यमिक विद्यालयमा हुँदै आएको छ । नियमित रूपमा आख्यान विधाको लघुकथा वाचन गर्ने यो लघुकथा प्रतिष्ठान नेपालकै एक मात्र संस्था भएको अध्यक्ष पन्तको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

२

अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।

३

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

४

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

५

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

६


TOP