अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो। – Sarangi News

भोर्लेटार(लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटारमा संयुक्त भोर्लेटार क्लबको आयोजना भाद्र २४ गते देखि हुने भनिएको तिज फुटबल प्रतियोगिता अन्तत: स्थगित स्थगित भएको छ। शनिवार संयुक्त भोर्लेटार क्लबको फेसवुक पेजमा सचिव नौ बहादुर दुराद्वारा हस्ताक्षरीत सुचनामा स्थगित भएको र असोज ११ गतेको मिति तय गरेको सुचनामा जानाकारी गराईएको छ।

भाद्र १० गते भोटेकोशिको बाढिले सिङो राज्य शोकाकुल आवस्थामा रहेको हुनाले स्थानिय सरकार मध्यनेपाल नगरपालिकाले कुनै पनि नाचगान सभा सम्मेलन तथा तिज विशेष कार्यक्रम नगर्न नगराउन भाद्र १५ गते विज्ञप्ती जारी गर्दा पनि स्थगन तथा मिति हेरेफेरको जनाकारी आएको थिएन, यसै बिषयलाई लिएर स्थानीयहरुको चासो र जिज्ञासा अनुरुप एवम सबै संघ सस्थाको स्थगितको विज्ञप्ती आउदा समेत, राज्यको दुखद तथा विषम परिस्थितिलाई बेवास्ता गरि क्लब कार्यक्रम गर्न अगाडि बढेको कुरालाई प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल ज्युको भाद्र १८ गतेको ठाडो निर्देशन पश्चात संयुक्त भोर्लेटार क्लबले घुँडा टेक्न बाध्य भएको छ।

 हिजो भाद्र १९ गते सारङ्गी न्युजमा प्रकाशित समाचारलाई लिएर दुई पक्ष समेत देखिएको थियो जसमा एक पक्षले यस्तो दुखद घडिमा सन्चालन गर्न हुदैन भन्ने थियो भने अर्को पक्षले किन नहुने भन्दै स्थानिय सरकारको विज्ञप्ती र प्रजिअको निर्देशन भन्दा माथी रहेर  आक्रोश ब्यक्त गरी रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP