Trend
पोखरामा स्कुल बस दुर्घटना: ५ जनाको मृत्यु, १४ जना घाइते नामावलीसहित  ||   प्रगतिशील लेखक शरद पौडेललाई विकास लेखन राष्ट्रिय पुरस्कार प्रदान गरिने  ||   देवीप्रसाद वनवासीलाई ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’  ||   ‘विष्णु भगवान्‌को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’  ||   साहित्यमा एआई बहस: लेखकले मेसिनसँग सहकार्य गर्न पाउने कि नपाउने?  ||   अनौठो सिफारिस: सरकारी लेटरप्याडमै व्यक्तिलाई ‘भगवान्’ घोषणा!  ||   लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी  ||   मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।  ||  
शुक्रबार , अषोज २३, २०८३

कास्कीको पोखरा महानगरपालिका-२८ कालिकानस्थित ओख्लेको भिरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको छ ।

बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा ४ जना बालबालिका सहित ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरु:
१. वतन नखुलेको अं. १२/१३ वर्षीया ममता तिवारी ऐ.ऐ. ०८:३५ बजे मृत्यु घोषणा ।
२. वतन नखुलेको अं. १३/१४ वर्षीय अशिम कंडेल ऐ.ऐ. ०८:३५ बजे मृत्यु घोषणा ।
३.नामथर वतन नखुलेको अं. १३/१४ वर्षीया बालिका ऐ. ऐ. ०९:०० बजे मृत्यु घोषणा ।
४. नामथर वतन नखुलेको अं. १३/१४ वर्षीया बालिका ऐ.ऐ. ०९:०० बजे मृत्यु घोषणा ।
५.सोही बसमा सवार(उपचार गर्न भनि लिफ्ट मागेको) ऐ.ऐ. पोखरा २८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी ऐ.ऐ. ०८:३५ बजे मृत्यु घोषणा ।
गण्डकी मेडिकल कलेज(GMC)मा उपचारत घाइतेहरु:-
१.जिल्ला कास्की पोखरा म.न.पा. २८ सौर्य बस्ने १६ वर्षीया सृष्टि तिवारी(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम,
२.ऐ.ऐ. २८ सौर्य बस्ने १६ वर्षीय शिसन थापा मगर(कक्षा १० मा अध्यनरत) अबस्था मध्यम,
३. ऐ.ऐ. २८ डाडागाउँ बस्ने १६ वर्षीय सौगात तिमिल्सिना(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम ।
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचारत घाईतेहरु:-
१.जिल्ला कास्की पोखरा म.न.पा. २८ बस्ने ऐ.ऐ. बस्ने वर्ष १५ कि अस्मी कँडेल- अवस्था सिरियस ।
२.ऐ.ऐ. बस्ने वर्ष १४ की स्नेहा गौतम- अवस्था मध्यम ।
३.ऐ.ऐ. बस्ने वर्ष १३ की सोनिया तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. वर्ष १३ को अंकित पराजुली-टाउकोमा चोट, अवस्था मध्यम ।
५.ऐ. मादी गा.पा. १२ बस्ने वर्ष १५ की स्मृती खत्री- टाउकोमा चोट, अवस्था मध्यम ।
६. ऐ.ऐ.बस्ने वर्ष १६ की स्नेहा तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।
७. ऐ.ऐ. बस्ने वर्ष १४ की आकृती बुढाथोकी-टाउकोमा चोट, अवस्था मध्यम ।
८. ऐ.ऐ. बस्ने वर्ष १५ की मेरिना तिवारी- टाउकोमा चोट, अवस्था मध्यम ।
९. ऐ.ऐ. वर्ष १४ की सुप्रिया आचार्य- टाउकोमा चोट, अवस्था मध्यम ।
१०. ऐ.ऐ. बस्ने वर्ष १६ को यमन मगर- टाउकोमा चोट, अवस्था मध्यम ।
११.चालक:- जिल्ला कास्की पोखरा १५ बस्ने वर्ष ५७ को तुल बहादुर गुरुङ- अवस्था मध्यम ।
दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP