हरिवोधनी एकादशिको अवसरमा शिशाघाटमा संचालित १९ औं स्व जित बहादुर दुरा एवम देशमान दुरा रनिङ कप 7A साईड फूटबल प्रतियोगिताको उपाधी करापुटार क्लब लमजुङको पोल्टामा गएको छ।
लमजुङ र तनहुँको सिमाना मादी नदिको किनारमा रहेको खेल मैदानमा ग्यालेक्सी युवा क्लब शिशाघाटद्वारा हरिवोधनी एकादशी अवसर पारेर आयोजना गरेको थियो। कुल २६ टिमको सहभाहिता रहेको खेलमा A पुल र B पुलबाट छनौट हुँदै सेमि फाईनलमा करापुटार रामबजार र माझटोल तनहुँ पहिलो सेमिमा भिड्न्त भएको थियो जसमा माझटोलले करापुटारलाई शुन्यका बिरुद्द दुई गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमी फाईनलमा करापुटार क्लब(B) रामबजार र गुरुङ ब्वाईज दमौली बिच भिड्न्त परेको थियो जसमा करापुटार क्लब (B) ले शुन्यका विरुद्द ०४ गोलले गुरुङ ब्वाईज दमौलिलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो।
प्रथम हुने करापुटार क्लबले १ लाख २० हजार १०५ रुपैया प्रथम पुरस्कार सहित ट्रफी, मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन भने उपबिजेता टिम माझटोल ब्यास – तनहुँले ६० हजार १०५ रुपैया ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छ्न। भने त्यस्तै गरेर उत्कृष्ट गोल रक्षक करापुटार क्ल्बका योन्जन श्रेष्ठले गोल्डेन पन्जा रु ५ हजार प्राप्त गरेका छन, सर्बाधिक गोलकर्ता करापुटार क्लबका सन्दिप थापाले गोल्डेन जुत्ता र रु ५०००/- प्राप्त गरेका छन भने उत्कृष्ट खेलाडी माझटोल ब्यास -६ का खेलाडी नकुल तामाङ्ले गोल्डेन बल र रु ५०००/- प्राप्त गरेका छन। भने उक्त मेडल ट्रफी मेडल प्रमाण पत्र लगायतका पुरस्कारहरु तनहुँ ब्यास नगरपालिका वडा नं ०६ का वडा अध्यक्ष एवम समापन समारोहका प्रमुख अतिथी जीवन गुरुङले प्रदान गर्नु भएको थियो।
प्रमुख अतिथी गुरुङले बिजेता तथा उपबिजेता टिम लगायत सहभागी जनाउने सबै टिमहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनहरुमा पनि सहभागिता जनाउन अनुरोध गर्नु भएको थियो भने बिशेष गरेर राज्यले फूटबल खेलाडिलाई राज्यले चिन्न नसकेको अवस्था रहेको समेत बताउनु भएको थियो। गाउगाउमा राम्रा राम्रा खेलाडी छन तर तिनको मुल्यांकन हुन नसकेको समेत बताउनु भएको थियो। चुस्त दुरुस्त शरिरलाई स्वस्थ्य राख्न फूटबलले अहम भुमिका समेत खेल्ने हुंदा युवारुलाई फूटबललाई निरन्तरता दिन समेत अनुरोध गर्नु भएको थियो।
त्यस्तै गरेर विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुती सहित भएको समापन समारोह निवर्तमान अध्यक्ष राम सिंह दुराले सन्चालन गरेका थिए भने समापन समारोहका अध्यक्षता ग्यालेक्सि युवा क्लबका अध्यक्ष भान सुब्बा दुराले गर्नु भएको थियो। 
त्यस्तै गरेर दोस्रो पुरस्कारका ट्रफी झोर्ले आर्टस ? प्रायोजन गरेको थियो भने उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडीहरुको लागि जनही ५/५ हजार दुरा सेवा समाज गाउँ ईकाई कमिटी शिशाघाटले प्रायोजन गर्नुभएको खेल संयोजक भिनसेन दुराले जानाकारी गराउनु भएको थियो।
अन्त्यमा अध्यक्ष दुराले खेल अवधि भर आर्थिक भौतिक र नैतिक रुपमा सहयोग गर्नु हुने हरेक ब्यक्ति, संघ संस्था, ब्यवसायी , प्रहरी प्रशासन, पत्रकार आदि सबैलाई धन्यवाद ज्ञापन गर्दै सौहार्दपुर्ण वातावरणमा कार्यक्रम सफल भएकोमा सबैमा हार्दिक आभार एवम खुशी व्यक्त गर्नु भएको थियो। कार्यक्रमका दौरान केही कमि कमजोरी हुन सक्छन आगामी दिनमा सुधारेर लैजाने बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो।




