बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल कहिले खुल्छ? यात्रु र सवारी चालकको चासो बढिरहेका बेला भोलि साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत कार्य तीव्र पारिएको छ।
कालीगण्डकी नदीमा आएको बाढीले पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि अवरुद्ध बनेको सडकको अवस्था बुझ्न सांसद सोम शर्माले आज स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।

बाढीले कटान गरेको पहुँच सडकको मर्मत तथा पुनर्निर्माण कार्य भइरहेको छ। सांसद शर्माका अनुसार भोलि साँझसम्म यातायात सुचारु गर्ने गरी काम अघि बढाइएको छ।
मालढुङ्गा पुल अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। यसको असर बुर्तिबाङ हुँदै रुकुमतर्फ जाने यात्रुहरूको आवागमनमा क्क परेको छ।
पुल सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ। अब सबैको चासो निर्धारित समयमै मर्मत सम्पन्न भएर पुल सञ्चालनमा आउँछ कि आउँदैन भन्नेमा केन्द्रित छ।





