Trend
शुक्लागण्डकीमा विद्यालयस्तरीय वक्तृत्वकला, समृ्द्धिका लागि विद्यार्थीले दिए सुझाव  ||   शिशाघाट फूटबलको उपाधी करापुटार क्लबको पोल्टामा।  ||   बागलुङ र पर्वतका ३१ बालबालिकालाई अमर क्षेत्री फाउन्डेसनको न्यानो कपडा  ||   दमौलीका गीतकार उदासलाई गीतकार पुरस्कार दिइने  ||   समाजसेवी भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   जगन्नाथका बालबालिकासँग जन्मदिन, बानियाँ परिवारद्वारा २५ हजारको सामग्री सहयोग  ||   सन्दीपको ह्याट्रिकमा विराटनगर प्लेअफको दाैडमा, पोखरा बाहिरियो  ||   सन्दीपको ह्याट्रिक र ६ विकेटको मद्दतमा विराटनगर हाबी, पोखराले दियो १३३ रनको लक्ष्य  ||  
शुक्रबार , मंग्सिर १२, २०८३

पोखरा, मङ्सिर ११ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शुक्लागण्डकीको समृद्धिका लागि सुझाव दिएका छन् ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले शुक्रवार दुलेगौँडामा आयोजना गरेको वक्‍तृत्वकला प्रतियोगितामा बोल्ने विद्यार्थीहरूले शुक्लागण्डकीको समृद्धिका लागि कृषि, पर्यटन र उद्योग व्यवसाय विस्तार गर्नुपर्ने विचार राखे । उनीहरूले ढोरबाराही, भुजीकोटलगायतका स्थानहरूलाई पर्यटकीय दृष्टिबाट थप विकास गर्नुपर्ने भन्दै कृषि क्षेत्रलाई वैज्ञानिक बनाउँदै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका थिए । शुक्लागण्डकीको भूमि उर्वर रहेको भन्दै विद्यार्थीहरूले कृषि क्षेत्रको विकाससँगै पर्यटकीय सहर पोखरा आउने पर्यटकलाई कम्तीमा २-३ दिन शुक्लागण्डकीमा अड्याउन सकिने विकल्पहरू प्रस्तुत गरेका थिए ।

‘समृद्ध शुक्लागण्डकीको आधार : कृषि, पर्यटन र उद्योग व्यवसायको विस्तार’ शीर्षकमा भएको प्रतियोगितामा २३ जनाको सहभागिता रहेको थियो । सो प्रतियोगितामा लिटिल गार्डेन बोर्डिङ स्कुलकी एकता गौतम प्रथम भएर दश हजार रुपियाँ नगद जितेकी थिइन् । त्यसै गरी कञ्चनजङ्घा सेकेन्डरी बोर्डिङ स्कुलकी स्मृति चौधरी द्वितीय हुँदै सात हजार रुपियाँ, सरस्वती माध्यमिक विद्यालयकी रजिया मियाले तृतीय भएर पाँच हजार रुपियाँ र ज्ञानबगैँचा बोर्डिङ स्कुलकी दीप्सा पौडेलले तीन हजार रुपियाँसहित सान्त्वना पुरस्कार हात पारिन् ।

प्रतियोगिताका निर्णायकहरूमा साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी, कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्ति (कक्षा १-१२) का लेखक सुरज लम्साल र स्थानीय हरिबहादुर थापा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य छत्रधर आत्रेयले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरूले वक्‍तृतामार्फत दिएका सुझाव स्थानीय सरकारका प्रतिनिधिहरूले मनन गर्नुपर्नेमा आत्रेयले जोड दिए । विद्यार्थीहरूको विचार वर्तमान पुस्ताको प्रतिनिधि विचार प्रस्तुत गर्नुका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि वाणिज्य सङ्घले गरेको कार्यक्रमको उनले प्रशंसा गरे ।

कार्यक्रमका अध्यक्ष तथा सङ्घका अध्यक्ष समुद्रराम श्रेष्ठले शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले व्यवसायका अलावा विद्यार्थीको आवाज सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । सो अवसरमा सङ्घका संस्थापक अध्यक्ष वसन्त ज्वारचन र नेपाल शिक्षक महासङ्घ, शुक्लागण्डकी नगरपालिकाका प्रशासकीय प्रमुख तुलबहादुर विक, शुक्लागण्डकीका अध्यक्ष विमल सिग्देलले शुभकामना दिएका थिए । उपमहासचिव बिर्सना श्रेष्ठको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव सुजन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

१

सुरज पण्डित र शान्तिश्रीको स्वरमा ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक

२

काउरेमा भलिवल प्रतियोगिता शुरु, १५ टिमको सहभागीता।

३

काउरे भलिवल फाईनल भोली नगर प्रमुख पाण्डेको प्रमुख आतिथ्यमा हुने।

४

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव सङ्कलन

५

मदनराज थापा आए त्यो खाली ठाउँ लिएर

६


TOP