सुन्दर बजार(लमजुङ) सन १५५० मा कास्किका राजा यशुब्रम्ह शाहलाई लमजुङको सिदुरे ढुङ्गमा ल्याएर अबिर जात्रा गरी राजा बनाउने महान ब्यक्ति खजे दुराको ५१औँ स्मृति दिवसको अवसरमा ५ फुट धातुको शालिक पुनःस्थापना तथा समुद्घाटन कार्यक्रम हुने भएको छ।

लमजुङको सुन्दर बजार नगरपालिका वडा नं ०३ खजे गाउँ चिहानपाटामा २०८३ कात्तिक २१ गते गण्डकी प्रदेश सरकारका माननीय सांसद एवम पुर्व अर्थ मन्त्री डा टकराज गुरुङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको समुद्घाटन हुने भएको छ।

माननीय गुरुङ अर्थमन्त्री रहदा गण्डकि प्रदेश सरकारद्वारा खजे दुराको शालिक निर्माणका लागि बिनियोजित १५ लाख बजेटद्वारा शालिक तथा पार्क निर्माण  सम्पन्न भएको दुरा सेवा समाजका केन्द्रिय अध्यक्ष  शुरेस कुमार दुराले जानाकारी गाउनु भएको थियो।

त्यस्तै गरेर शालीक स्थापना गरिएको पार्कलाई आधुनिक शैलिका रुपमा पानीका फोहोरा लगायत अन्य थप प्रबिधी सहित आकर्षक पार्क बनाउने लक्ष्य रहेको पार्क संरक्षण समितिका अध्यक्ष देवी जङ दुराले बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

२

अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।

३

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

४

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

५

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

६


TOP