Trend
सन्दीपको ह्याट्रिकमा विराटनगर प्लेअफको दाैडमा, पोखरा बाहिरियो  ||   सन्दीपको ह्याट्रिक र ६ विकेटको मद्दतमा विराटनगर हाबी, पोखराले दियो १३३ रनको लक्ष्य  ||   इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’  ||   भैलीको आत्मा कहाँ हरायो? आधुनिकताको भेलमा रैथाने संस्कृतिको खोजी  ||   कुकुरबारे यी १३ अनौठा तथ्य: जसले तपाईँको सोचाइ नै बदलिदिनेछ!  ||   आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन: कुन समयमा के गर्ने?  ||   गोरखामा सुक्खा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो, बुढीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह  ||   रहरले कोही बन्दैनन् शिक्षक : लाइसेन्सको आवेदन आधाले घट्यो, जाँच दिने ७०% फेल !  ||  
मंगलबार , मंग्सिर २, २०८३

बिहान उठेर ऐना हेर्दा अनुहार र आँखा सुन्निएको जस्तो लाग्छ । साधारणतया अनुहार र आँखा वरिपरी र शरीरको केही हिस्सा वाटर रिटेन्सनका कारण सुन्निने गर्छ । तर कतिपय अवस्थामा यसले केही गम्भीर स्वास्थ्य समस्यातर्फ इशारा गर्न सक्छ । भारतका डाक्टर वाई पी सिंहले यसको कारण र निवारणबारे जानकारी दिएका छन् । ।

भाइरल संक्रमणको कारणले रोजेसिया सूजन

सेल्युलाइटिस भाइरल छालाको संक्रमणमा, अनुहारमा सुन्निन्छ । सामान्यतया रक्तनलीहरू फुल्छ र खुम्चिन्छ । संक्रमणका कारण नसाहरु फुल्छ र तरल पदार्थ चुहिन थाल्छ । यो अवस्थालाई रोजेशिया भनिन्छ । यस्तो अवस्थामा अनुहार सुन्निने र रातो हुने गर्छ । यदि तपाईंको अनुहार सुन्निनुका साथै दुखाइ र असुविधा महसुस हुन्छ भने, ढिलो नगरी डाक्टरलाई देखाउनुहोस् ।

यस्ता रोग पनि कारण हुनसक्छन्

थाइरोइडको समस्या, बाथ, साइनस संक्रमण, सिस्टमिक ल्युपस एरिथेमेटोसस र मृगौलाको रोगमा अनुहार र शरीर सुन्निने गर्छ ।

स्किन केयर उत्पादनको प्रतिक्रिया

स्किन केयर रुटिनमा एक्टिभ एलिमेन्ट्स जस्ता अल्फा हाइड्रोक्सी एसिड बिटा हाइड्रोक्सी एसिड, रेटिनालका कारण पनि अनुहार सुन्निन सक्छ । यो एक्टिभ एसिड र एक्सफोलिएटरले अनुहार वा आँखाको आसपासको छाला सुन्निन सक्छ । यस्ता उत्पादनलाई सधैँ प्रयोग नगर्नुहोस्, हप्तामा एकपटक मात्रै गर्नुहोस् । संवेदनशील छाला छ भने विज्ञको सल्लाह लिनुहोस् ।

अव्यवस्थित जीवनशैली पनि कारण हो

८ घण्टा सुत्नु शरीरका लागि आवश्यक छ । यो भन्दा बढी वा कम सुत्दा शरीरमा नराम्रो असर पर्छ । लामो समयसम्म सुत्दा शरीरमा एकै ठाउँमा तरल पदार्थ जम्मा हुन्छ, जसका कारण अनुहार सुन्निन्छ । गलत साइडमा सुत्दा वा बाक्लो र कडा तकिया प्रयोग गर्दा पनि यो समस्या हुन्छ ।

अनुहार र आँखामा सुन्निने समस्या भए यी तरिका अपनाउनुहोस्

यदि अनुहार र आँखा वरिपरि सुन्निएको छ भने, सबैभन्दा पहिले चिकित्सकलाई देखाउनुहोस्, ताकि समस्याको वास्तविक कारण थाहा पाउन सकियोस् । साँझ र रातको समयमा जंक फूड जस्ता उच्च सोडियमयुक्त आहारबाट बच्नुहोस् । यदि शरीर फाइबरयुक्त खानेकुराप्रति संवेदनशील छ भने अलस, बदाम, अनार, सुक्खा अन्जीर, गहुँको चोकर, कोदो, अंकुरित गेडागुडीको सेवन नगर्नुहोस् ।

पिठो, पास्ता, सेतो चिनी, डोनट, पेस्ट्री, केक, मिठाई, सोडा, बिस्कुटजस्ता रिफाइन्ड कार्बोहाइड्रेटहरू नखानुहोस् । राति ढिलो खाना नखानुहोस्, खाना खाएपछि तुरुन्तै नसुत्नुहोस् । उत्तानो परेर सुत्ने प्रयास गर्नुहोस् । दिउँसो र रातभर हाइड्रेटेड रहन प्रशस्त पानी पिउनुहोस् ।

मादक पदार्थबाट बच्नुहोस् । यदि यी उपायहरू गर्दा पनि सुन्निँदैन भने, तुरुन्तै छाला विशेषज्ञसँग परामर्श लिनुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक १५, २०८३ शनिबार 154 Views

९० औँ नियमित लघुकथा वाचन सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

काउरेमा भलिवल प्रतियोगिता शुरु, १५ टिमको सहभागीता।

६


TOP