Trend
मंगलबार , कार्तिक २५, २०८३

को खाई को खाईः बालकविता

       – गङ्गा कर्माचार्य पौडेल

को खाई को खाई सुपुक्क

खाइ देऊ माम  कुप्लुक्क

थिरी  थिरी   गरिदेऊ

चरी  आयो   हेरिदेऊ

                   को खाई को खाई……..

हेर  सानी  नानी त

ताते गर्न थाली त

ढल पलाउँदै शरीर

निस्किन ढोका बाहिर

                  को खाई को खाई……

कोही गए समाउन

भन्छिन् नजिक् नआउन

भुइँमा लडिन् बुङ्लुङ्ग

नाकमा सिंगान तुर्लुङ्ग

                   को खाई को खाई…….

दिदी गइन् दौडिँडै

रुमालले नाक पुछ्दिँदै

दुई हातले उचालिन्

पिँढीमा ल्याई बसालिन्

                  को खाई को खाई………

दाँत भर्खर उम्रेका

कपाल छ घुम्रेका

ऊ मायाकी खानी हो

हाम्रो आँखाकी नानी हो

                  को खाई को खाई……

*****************

काठमाडौँ

नेपाली बालकविताका बारेमा थप पढ्न यहाँ  छुनुहोस्, पढ्नुहोस् र रमाउनुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु।

६


TOP