भोर्लेटार(लमजुङ)- लमजुङको मध्यनेपाल नगरपालिका वड  नं ०६ काउरे गाउमा संचालित तेस्रो पन्च सुब्बा गुरुङ एवम सन्त माया गुरुङ स्मृतिमा खेलाईएको महिला तथा पुरुष भलिबल भोलि नगर प्रमुख रमेश कुमार पाण्डे ज्युको प्रमुख आतिथ्यमा हुने भएको छ।  काउरे कालिका संस्थाले आयोजना गरेको महिला तथा पुरुष भलिवल प्रतियोगितामा ७ महिला र ८ पुरुष टिमको सहभगिता रहेको थियो।

समुह गत चरण पार गर्दै खेल्दै पुरुष तर्फबाट काउरे कालिका र सयुक्त भोर्लेटार क्लब फाईनलमा पुगेको छ भने महिला तर्फबाट सयुक्त भोर्लेटार “A” र सयुक्त भोर्लेटार “B” फाईनलमा पुगेको छ। फाईनल खेल भोलि असोज ३० गते दिउसो १ बजेबाट सन्चालन हुने खेल संयोजक प्रेम बहादुर गुरुङले जानाकारी गराउनु भएको थियो।

पुरुष तर्फ प्रथम पुरस्कार रु १ लाख रुपैया, दोस्रो रु ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने महिला तर्फ प्रथम पुरस्कार रु २५ हजार, दित्तिय पुरस्कार रु १५ हजार रुपैया ट्रफी मेडल र प्रमाण पत्र रहेको छ। साथै बेस्ट प्लेयर, बेस्ट सेन्टर, बेस्ट स्काईपर, बेस्ट डिफेन्डर र बेस्ट ब्लकरलाई समेत पुरस्कार राखिएको खेलको उपाधी भोलि कसले बाजि मार्ला त्यो भने हेर्न बाँकी रहेको आयोजक संस्था काउरे कालिका संस्थाका अध्यक्ष दिपक शाहिले बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP