बुधबार , अषोज २८, २०८३

भोर्लेटार(लमजुङ)- लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ०६ भोर्लेटारको काउरे गाउमा स्व पन्च सुब्बा गुरुङ एवम सन्त माया गुरुङको स्मृतीमा तेस्रो वडा स्तरिय पुरुष भलिवल तथा महिला खुल्ला भलिवल प्रतियोगिता आज देखि काउरे पिपल डाँडामा शुरु भएको छ जसमा महिला तर्फ ७ र पुरुष तर्फ ८ टिम गरि १५ टिमको सहभागिता रहेको छ। आयोजक काउरे कालिका संस्थाको अध्यक्ष दिपक शाहीको अध्यक्षतामा एवम मध्यनेपाल नगरपालिका वडा नं ०६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्यमा शुरु भएको थियो।

खेल शुरुवात हुन अगावै संयुक्त क्लब भोर्लेटारका अध्यक्ष बिश्वलाल श्रेष्ठले आयोजक संस्था काउरे कालिकाका अध्यक्ष दिपक शाहीलाई भलिवल खेल भव्यताका साथ सम्पन्न गर्नका प्रोत्साहन स्वरुप क्लबको तर्फबाट एक थान भलिवल हस्तान्तरण गर्नु भएको थियो।

सस्थाका सल्लाहकार जीवन भुजेलले सन्चालन गरेको उक्त कार्यक्रमका मुख्य प्रायोजक एवम विशेष अतिथी राम बहादुर गुरुङ, संयुक्त भोर्लेटार क्लबका अध्यक्ष बिश्वलाल श्रेष्ठ, भोर्लेटार खानेपानीका अध्यक्ष नौ बहादुर दुरा, ईप्रका भोर्लेटारका प्रमुख प्रहरी निरिक्षक ध्रुब प्रशाद शर्मा लगायतका अन्य अतिथिहरुको अतिथि आसन ग्रहण पश्चात राष्ट्रिय गान र मौन धारण लगत्तै कुनै भाषण शासन नगरी सिधै रेफ्री उत्तमलाल श्रेष्ठ र खेलाडीलाई प्रमुख अतिथी पौडेल लगायत अन्य विशेष अतिथिहरुले बल हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो।

त्यस्तै गरेर महिला तर्फ भलिवल खेलमा सहभागिता जनाउनु भएकि भोर्लेटारको उत्पादन खेलाडी सयुक्त भोर्लेटार क्लबको तर्फबाट खेल खेल्न आउनु भएकि एपि एफ बिभागिय खेलाडी रश्मिता दुरालाई आयोजक संस्थाका अध्यक्ष दिपक शाही र खेल संयोजक प्रेम बहादुर गुरुङले खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गर्नु भएको थियो।

उद्घाटन खेलामा पहिलो पुरुष तर्फ सयुक्त भोर्लेटार क्लब र स्यास्त्री युनिट रुपा गाउपालिका कास्किको बिच भएको थियो। बेस्ट अफ थ्री खेलाईएको खेलमा लगातार दुई खेल सयुक्त भोर्लेटार क्लबले जित हासिल गरेको थियो भने महिला तर्फ पनि संयुक्त भोर्लेटार क्लबका महिला टिमले ग्रीन भ्याली क्लबलाई लगतार दुई सेट जित हासील गरेको थियो।

पुरुष तर्फ प्रथम पुरस्कार रु १ लाखको रुपैया, दोस्रो रु ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने महिला तर्फ प्रथम पुरस्कार रु २५ हजार, दित्तिय पुरस्कार रु १५ हजार रुपैया ट्रफी मेडल र प्रमाण पत्र रहेको छ। साथै बेस्ट प्लेयर, बेस्ट सेन्टर, बेस्ट स्काईपर, बेस्ट डिफेन्डर र बेस्ट ब्लकरलाई समेत पुरस्कार राखिएको खेल संयोजक गुरुङले जानाकारी गराउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP