Trend
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव सङ्कलन  ||   सुरज पण्डित र शान्तिश्रीको स्वरमा ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक  ||   भोर्लेटारमा भानुभक्त स्मृति प्रतिष्ठान गठन गर्न तदर्थ समिती बन्यो।  ||   ब्रेकिङ : बागलुङ-पर्वत जोड्ने ‘मालढुङ्गा पुल’ भोलि साँझदेखि चल्ने!  ||   आरती आचार्यको मास्टरपिस कविता: ‘म तिम्रो छोरालाई प्रेम गर्छु’  ||   शिक्षामन्त्रीज्यूलाई खुला पत्र: शिक्षकको आत्मसम्मानको पीडा कसले बुझ्ने?  ||   पोखरामा स्कुल बस दुर्घटना: ५ जनाको मृत्यु, १४ जना घाइते नामावलीसहित  ||   प्रगतिशील लेखक शरद पौडेललाई विकास लेखन राष्ट्रिय पुरस्कार प्रदान गरिने  ||  
मंगलबार , अषोज २७, २०८३

पोखरा, असोज २७ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव सङ्कलन गरेका छन् ।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाइमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत, सङ्गीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको सङ्केत दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्ने धारणा राखे ।

अर्का प्राज्ञसभा सदस्य तथा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले प्राप्त सुझावहरू प्राज्ञसभामा राखिने बताए ।

प्राज्ञसभा सदस्य तथा पोखरा थिएटरका अध्यक्ष, नाट्यकर्मी परिवर्तनले नीति निर्माणका तहमा आफूहरूले जोड दिने बताए ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य गायक रामभक्त जोजिजू, पोखरा साङ्गीतिक कलाकार सङ्घका निवर्तमान अध्यक्ष सुनील थापा, उपाध्यक्ष तेज केसी, जोजिजू म्युजिक सेन्टरका प्रबन्धक विनित जोजिजू, पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य दिलिप गायक, रेनेसा थिएटरकी रोशनी रामदाम, नाट्यकर्मी प्रमिला तुलाचन, गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, उपाध्यक्ष लाल कार्की ‘अञ्जान’, सचिव रुपिन्द्र प्रभावी, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव एमडी काफ्ले, त्रिवेणी सङ्गीतालयका सुनील बरालले विद्यालय तहमा सङ्गीत, नाटक र संस्कृति पुग्न सक्ने गरी कार्यक्रम ल्याउने, प्रतिलिपि अधिकार र रोयल्टीसम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयन गर्नेलगायत सुझाव दिएका थिए । त्यसै गरी, कमला श्रेष्ठ, दलबहादुर गुरुङ, असीम शेरचन, डविन गुरुङ, निश्चल विमल, नेपालहरि रानाभाट, रामजी पौडेललगायतले सबैले अपनत्व महसुस गर्न सक्ने कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग सुझाव सङ्कलनका लागि गरिएको पहलप्रति सहभागीहरूले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

२

अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।

३

कमेरे भञ्ज्याङमा पहिरो, रामबजार साल्मे सडक अवरुद्द, भञ्ज्याङ बस्ती जोखिममा।

४

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

५

रेडक्रसको जिल्लास्तरीय वक्तृत्वकलामा अमरसिंह माविकी मानसी प्रथम

६


TOP