Trend
प्रगतिशील लेखक शरद पौडेललाई विकास लेखन राष्ट्रिय पुरस्कार प्रदान गरिने  ||   देवीप्रसाद वनवासीलाई ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’  ||   ‘विष्णु भगवान्‌को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’  ||   साहित्यमा एआई बहस: लेखकले मेसिनसँग सहकार्य गर्न पाउने कि नपाउने?  ||   अनौठो सिफारिस: सरकारी लेटरप्याडमै व्यक्तिलाई ‘भगवान्’ घोषणा!  ||   लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी  ||   मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।  ||   मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी  ||  
बुधबार , अषोज २१, २०८३

पोखरा । सारङ्गी न्युजडटकमका कला–साहित्य संयोजक तथा कवि रामगोपाल आशुतोषलाई मातृशोक परेको छ। उनको आमा तुईनानी किसिजूको मंगलबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो ।

आमाको निधनसँगै आशुतोष परिवार शोकमा डुबेको छ भने आफन्तजन, शुभेच्छुक तथा साहित्यिक क्षेत्रबाट दुःख व्यक्त गरिएको छ।

कविता तथा सिर्जनात्मक लेखनमा निरन्तर सक्रिय रहँदै आउनुभएका आशुतोष साहित्यिक गतिविधि, कला–साहित्यसम्बन्धी लेखन तथा सिर्जनाको प्रवर्द्धनमा समेत संलग्न हुनुहुन्छ। उहाँले सारङ्गी न्युजडटकममार्फत साहित्य, कला र सिर्जनासँग सम्बन्धित सामग्रीको संयोजन तथा प्रकाशनमा भूमिका निर्वाह गर्दै आउनुभएको  छ।
साहित्यिक कर्मका क्रममा मानवीय संवेदना, सामाजिक परिवेश तथा समकालीन जीवनका विविध पक्षलाई सिर्जनाका माध्यमबाट अभिव्यक्त गर्दै आउनुभएका आशुतोषको साहित्यिक सक्रियता स्थानीय साहित्यिक परिवेशमा समेत उल्लेखनीय रहँदै आएको छ।

यस दुःखद् घडीमा सारङ्गी न्युजडटकम परिवार दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै कला–साहित्य संयोजक तथा कवि रामगोपाल आशुतोषसहित शोकसन्तप्त सम्पूर्ण परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।  दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई यस कठिन घडीमा धैर्य, साहस र आत्मबल प्राप्त होस् भन्ने कामना गर्दछौँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP