Trend
प्रगतिशील लेखक शरद पौडेललाई विकास लेखन राष्ट्रिय पुरस्कार प्रदान गरिने  ||   देवीप्रसाद वनवासीलाई ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’  ||   ‘विष्णु भगवान्‌को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’  ||   साहित्यमा एआई बहस: लेखकले मेसिनसँग सहकार्य गर्न पाउने कि नपाउने?  ||   अनौठो सिफारिस: सरकारी लेटरप्याडमै व्यक्तिलाई ‘भगवान्’ घोषणा!  ||   लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी  ||   मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।  ||   मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी  ||  
बुधबार , अषोज २१, २०८३

रुपा(कास्की)-नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिजको पावन अवसरमा कास्कीको रुपा गाउँपालिका वडा नं. २ माझकोटमा क्रियाशील शान्तिदीप युवा क्लब र खेम स्मृति समितिको संयुक्त आयोजनामा ” खेलौँ एकता , बढाऔँ भातृत्व ” भन्ने मूल नारालाई आत्मसात गर्दै दोस्रो संस्करणको खेम स्मृति कप सञ्चालन गर्ने भएको छ ।

साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भदौ २८ गतेदेखि ३० गतेसम्म स्थानीय शिवालय माध्यमिक विद्यालयको खेलमैदानमा हुने कार्यक्रम संयोजक जीवन थापाले जानकारी दिए । पुरुष भलिबल खेल तर्फ प्रथम हुनेले नगद ४५ हजार रुपियाँ , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुनेले नगद २५ हजार रुपियाँ , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई समेत ८ हजारका दरले नगद प्रदान गरिने छ। सोही अवसरमा स्थानीय कलाकारहरूको विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने छ। महिलाहरूको लागि रस्साकसी प्रतियोगिता आयोजना गरिएको छ । पहिलो हुनेले समूहले नगद १० हजार र प्रमाणपत्र र दोस्रो हुने समूहले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै पुरुष तर्फ छेलो फाल्ने प्रतियोगिता पनि सञ्चालन गरिने छ । प्रथम हुनेले ५ हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्ने छ। दोस्रो हुनेले ३ हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्ने छ । भलिबलतर्फ वेस्ट प्लेयर, वेस्ट स्पाइकर, वेस्ट लिवेरो, वेस्ट सेटर, वेस्ट ब्लकर गरी विभिन्न विधामा समेत खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुरा क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए।

खेलका माध्यमबाट आपसी भाइचारा र स्थानीय पर्यटनको विकास होस् भन्ने उद्देश्यले खेलको आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।समुन्द्री सतहबाट करिब १२०० मिटर उचाइमा रहेको श्री भैरवकाली कोट मन्दिरको प्रचारप्रसारमा समेत टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गरिँदै आएको कुरा क्लबका सदस्य नवराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज ६, २०८३ मंगलबार 326 Views

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

ताजा अपडेट
धेरै पढिएको

TOP