Trend
सन्दीपको ह्याट्रिकमा विराटनगर प्लेअफको दाैडमा, पोखरा बाहिरियो  ||   सन्दीपको ह्याट्रिक र ६ विकेटको मद्दतमा विराटनगर हाबी, पोखराले दियो १३३ रनको लक्ष्य  ||   इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’  ||   भैलीको आत्मा कहाँ हरायो? आधुनिकताको भेलमा रैथाने संस्कृतिको खोजी  ||   कुकुरबारे यी १३ अनौठा तथ्य: जसले तपाईँको सोचाइ नै बदलिदिनेछ!  ||   आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन: कुन समयमा के गर्ने?  ||   गोरखामा सुक्खा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो, बुढीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह  ||   रहरले कोही बन्दैनन् शिक्षक : लाइसेन्सको आवेदन आधाले घट्यो, जाँच दिने ७०% फेल !  ||  
मंगलबार , मंग्सिर २, २०८३

पोखरा । पोखराका चार संस्थाले एकैसाथ प्याकेज तालिम सम्पन्न गरेका छन् । अनुपम म्युजक, पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि संयुक्त रूपमा सञ्चालन गरेको उद्घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न गरेका हुन् ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले प्याकेज तालिमले विद्यार्थीहरूलाई प्रतिभा पहिचान गर्न अवसर प्रदान गर्ने धारणा राखे । तालिमले बालबालिकालाई सामाजिकीकरणमा सघाउने विश्वास व्यक्त गर्दै डा. शर्माले फुर्सदको समय दुरुपयोग हुने सम्भावना टाढिएको बताए । अतिरिक्त क्रियाकलापमा बच्चाहरूलाई लगाउँदाखेरि पढाइ बिग्रने नभई पढाइमा थप प्रोत्साहन मिल्ने उनको विचार थियो ।

कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखराकी प्रमुख शान्ति गुरुङ, र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, फेवा टेलिभिजनकी प्रशासन प्रमुख रोजी श्रेष्ठ, कवि तथा प्रतिभा माविका सहायक प्रअ प्रदीप खनाल, शान्तिनिकेत माविका सहायक प्रअ यदुविलास भुर्तेल, हिमालयन बोर्डिङ स्कुलका अध्यक्ष भोजराज बराललगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा प्रशिक्षार्थीहरूले तालिमका अवसरमा सिकेका वक्तृता, नृत्य, गायन र चित्रकला प्रस्तुत गरेका थिए । तालिममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले उद्‌घोषण, पोखरा कला केन्द्रका प्रबन्धक राहुल थापा मगरले नृत्य, कर्णप्रिय सङ्गीतालयका प्रबन्धक करण तामाङले  सङ्गीत र एभरेस्ट आर्ट नेपालका प्रबन्धक केशर गुरुङले चित्रकलासम्बन्धी प्रशिक्षण दिएका थिए । लामो समय बिदा भएको बखत चार संस्था मिलेर यस्तै तालिम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए ।

कर्णप्रिय सङ्गीतालयका करण तामाङले स्वागत गरेका कार्यक्रमको सञ्चालन पोखरा कला केन्द्रका राहुल थापा मगरले गरेका थिए । सोही अवसरमा कर्णप्रिय सङ्गीतालयद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को भित्तेपात्रो पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक २१, २०८३ शुक्रबार 67 Views

जेष्ठ नागरिकलाई न्यानो लुगा बितरण।

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

काउरेमा भलिवल प्रतियोगिता शुरु, १५ टिमको सहभागीता।

६


TOP