Trend
प्रगतिशील लेखक शरद पौडेललाई विकास लेखन राष्ट्रिय पुरस्कार प्रदान गरिने  ||   देवीप्रसाद वनवासीलाई ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’  ||   ‘विष्णु भगवान्‌को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’  ||   साहित्यमा एआई बहस: लेखकले मेसिनसँग सहकार्य गर्न पाउने कि नपाउने?  ||   अनौठो सिफारिस: सरकारी लेटरप्याडमै व्यक्तिलाई ‘भगवान्’ घोषणा!  ||   लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी  ||   मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।  ||   मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी  ||  
बुधबार , अषोज २१, २०८३

हजुरबाको चस्मा : बालकविता

    – दुर्गा घिमिरे

गुच्चा देख्नेआलु जत्रो हजुरबाको चस्मा 

भनिदेऊ साथीहरू के रहेछ यसमा ?

दराज देखेँ धेरै अग्लो घर कति ठुलो

नहर जत्रो देखियो है हाम्रो सानो कुलो

भोक लागी अम्बा माग्दा देखेँ मैले फर्सी

चस्मा लगाई हिँडेको त जे देखे नी तर्सी

सानो पाठा ठुलो भयो पढ्ने टेबुल खाट

हजुरबाको चस्माले बढायो है मेरो आँट

नलगाऊ नलगाऊ हजुरबाको चस्मा

हानि गर्ने चिज हुन्छ टाढा हेर्दा यसमा

साग सब्जी खाएर जोगाउनु छ ज्योति

ज्ञानी बन बाबू तिमि धर्तीको मोती ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP