भोर्लेटार(लमजुङ) लमजुङको मध्यनेपाल नगरपालिका व डा नं ०६ र ०७ मा गरी छड्के अनुगमनमा १० व्यवसायको निरीक्षण रामबजार र भोर्लेटार बजारमा अनुगमन गरिएको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक सिडियो दीपक पौडेलको नेतृत्वको अनुगमनका क्रममा १० वटा व्यवसायको निरीक्षण गरिएको हो।अनुगमन गरिएका व्यवसायमध्ये १ वटा मासु पसल ९ वटा किराना, स्टोर्स तथा फलफूल पसल रहेका छन्। अनुगमनका क्रममा अवैध रुपमा बिक्रिका लागि राखिएको ५६ लिटर पेट्रोल जफत गरिएको छ भने किराना पसलबाट ११ हजार ३० रुपैया बराबरको सामग्रि नष्ट गरिएको छ।
वड नं ०७ रामबजारबाट पोख्रेल किराना पसल, पौडेल किराना पसल, अबिकारी किराना पसलमा भेटिएका म्याद सकिएका सामाग्रीलाई अनुगमन टोलिले नष्ट गरेका थिए भने वडा नं ०६ भोर्लेटारमा पौडेल स्टोर्स, श्रेष्ठ किराना पसल, वर्क सप, मासु पसल, सम्झना किराना पसल लगायतका अन्य खुद्रा पसलहरुमा म्याद सकिएका समान नष्ट गर्नुका साथै अवैध रुपमा बेचबिखन गर्न राखिएका पेट्रोल जफत गरिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा भएको अनुगमनमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकाल, मध्यनेपाल नगरपालिकाका प्रतिनिधि खिम राना मगर, उपभोक्ता हित संरक्षणका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, इलाका प्रहरी कार्यालय भोर्लेटारका प्र नि ध्रुव प्रसाद शर्मा लगायतको सहभागिता थियो।
चाडपर्व तिहारको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा जम्माखोरीलाई प्राथमिकतामा राखेर अनुगमन गरिएको हो। साथै जिल्ला प्रशासनबाट मिति २०८३ कार्तिक १८ गते निकालिएको सुचना बमोजिम प्लास्टिकका सामान उत्पादन प्रयोग र विक्रिवितरण गर्न नहुने टोलीले व्यवसायीलाई सुझावसमेत दिएको छ।
आर्थिक वर्ष २०८३/८४ मा हालसम्म
१८ पटक बजार अनुगमन गरिएको छ। जसमध्ये ९ पटक चाडपर्व लक्षित अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
तिहारको समयमा बजारमा हुने प्लास्टिकका सामानको विक्रि वितरण, खाधान्नको मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि अनुगमनलाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यलय लमजुङले बताएको छ।




