Trend
मंगलबार , कार्तिक २५, २०८३

पोखरा । पुछारसिटे अभियानको आयोजनामा कथाकार डा. पुरण राईको कथा सङ्ग्रह ‘अस्तु’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समिक्षक सञ्जीव पौडेलले अस्तु कथा सङ्ग्रहको समीक्षा गर्दै, कथाकार पुरण राईका कथा लेखन शैली सुन्दर रहेको, ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कथाहरु मौलिक रहेको , विषयवस्तुको चयन , आख्यान बुनौट शैली र प्रस्तुती प्रशंसनीय रहेको बताउनु भयो।
स्रष्टा परिचय दिदै दीपक समीपले डा पुरण राई साहित्यको विविध विधामा उतिकै सबलरुपमा कलम चलाउन सक्ने क्षमता भएका लेखकको रुपमा चिनाउनुभयो।

प्रमुख अतिथि साहित्यकार सरुभक्तले पुरण राईको लेखन प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो। कथाकार डा पुरण राईले आफ्नो लेखन पक्षको बारेमा बताउदै लेखकले आफ्नो समाजकोलागि केही न केही योगदान दिनु पर्न बताउँदै आफूले साहित्य लेखनको साथ साथै अनलाइन अभिलेख स्थापना गरि साहित्यको उन्नयनकोलागि विविध क्रियाकलाप गर्दै आइरहेको बताउनु भयो।
सोहि कार्यक्रममा अनलाइन अभिलेख प्रा लि ले चार जना साहित्यकारहरुलाई ‘अभिलेख सम्मान’ बाट सम्मानित गरेको छ। सम्मानित हुने साहित्यकारहरुमा सरस्वती श्रेष्ठ सरु, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र सञ्जीव पौडेल रहेका छन् ।
वरिष्ठ साहित्यकार सरुभक्त र अनलाइन अभिलेखका डा पुरण राईले संयुक्त रुपमा साहित्यकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथमा सम्मानित गर्नु भएको थियो।

पुछारसिटे अभियानका सुरज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम श्रीराम अधिकारी गोर्जेले चलाउनुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक १५, २०८३ शनिबार 139 Views

९० औँ नियमित लघुकथा वाचन सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु।

६


TOP