Trend
मंगलबार , कार्तिक २५, २०८३
जुना थापा
प‍ोखरा । पोखराको जिरो किमिमा आविष्कार पुस्तक पसल तथा स्टेशनरी आजदेखि शुभारम्भ गरिएको छ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कास्कीद्वारा प्रवर्धित स्टेशनरीमा स्कुल तथा क्याम्पसका पुस्तक, स्टेशनरी, साहित्यिक पुस्तक, खेलकुदका सामान, गिफ्ट आइटम, टाइपिङ, प्रिन्टिङ, फोटोकपी, लेमिनेशनको पनि सुविधा रहेको सहकारीका अध्यक्ष उमानाथ गौतमले जानकारी दिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका सचिव तथा नेराशिसं गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोखरेलले सङ्गगठनमा आबद्ध शिक्षकहरूको सहकार्यमा निर्मित सहकारीद्वारा सञ्चालित पुस्तक पसलको सफलताको कामना गर्दै यस्तो पसल अन्य जिल्लामा पनि  खोलिनुपर्ने धारणा राखे ।
कार्यक्रममा स्वागत मन्तव्य नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले, शुभकामना मन्तव्य पेसागत महासङ्‍घ, नेपालका स्थायी कमिटी सदस्य रामप्रसाद खनाल, नेराशिसं राष्ट्रिय समितिका सदस्य लोचना अधिकारीले राखेका थिए ।
नेराशिसं कास्कीका सचिव तीर्थराज ढकालले सञ्चालन गरेको कार्यक्रम सहकारीका अध्यक्ष उमानाथ गौतमको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु।

६


TOP