​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न – Sarangi News

बेनी, म्याग्दी। शिक्षा तालिम केन्द्र, दमौलीको आयोजना तथा विस्तारित तालिम केन्द्र, बेनीको व्यवस्थापनमा सञ्चालित ‘विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने कस्टमाइज तालिम’ आज एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ

।
तालिम समापन समारोहका प्रमुख अतिथि एवं शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले तालिममा आर्जित सीपलाई विद्यालयको शैक्षिक वातावरणमा संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो:​”शिक्षकहरू समाजका परिवर्तनकारी संवाहक हुन्। विद्यालयमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण र आपतकालीन अवस्थामा विद्यार्थीको जीवनरक्षाका लागि यहाँहरूले प्राप्त गरेको प्राथमिक उपचारको व्यावहारिक सीप ‘फर्स्ट रेस्पोन्डर’का रूपमा निर्णायक सावित हुनेछ। यस ज्ञानलाई कार्यथलोमा इमानदारीपूर्वक कार्यान्वयन गरी सुरक्षित विद्यालयको अवधारणा साकार पार्न म आग्रह गर्दछु।”


तालिमको मुख्य प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत भोजराज घिमिरेले सहभागीहरूको सक्रियताको प्रशंसा गर्दै भन्नुभयो:​”विपद् व्यवस्थापन र प्राथमिक उपचार कुनै एउटा विषय मात्र नभएर यो जीवन बचाउने कला हो। विद्यालयमा बालबालिकाहरूको प्रत्यक्ष जिम्मेवारी शिक्षकको काँधमा हुने भएकाले, कुनै पनि अप्रत्याशित घटनामा तत्काल सही निर्णय लिन र प्राथमिक उपचार प्रदान गर्न यो तालिमले शिक्षकहरूलाई सक्षम बनाएको छ। यहाँ सिकेका ‘गोल्डेन आवर’ (Golden Hour) का सीपहरूले जटिल परिस्थितिमा पनि जीवनदान दिन सक्नेछन्।”

​
तालिममा नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सदस्य तथा जनकल्याण माविका शिक्षक रेशम बानियाँले विपद् व्यवस्थापनका सिद्धान्तदेखि घाइतेको प्राथमिक उपचारसम्मका विषयमा सघन अभ्यास गराउनु भएको थियो ।

तालिमको समापनका अवसरमा सहभागीहरूको तर्फबाट प्रशिक्षार्थीद्वय तोयानाथ उपाध्याय र कमला पौडेलले प्रतिबेदनात्मक प्रतिबिम्बन प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले तालिम अत्यन्तै समयसान्दर्भिक र व्यावहारिक रहेको उल्लेख गर्दै विपद्का चरणहरू, खोज तथा उद्धारका विधि र प्राथमिक उपचारका सीपहरूले विद्यालयस्तरमा सुरक्षाको सुनिश्चितता गर्न आत्मविश्वास बढाएको अनुभव साटासाट गर्नुभयो।

तालिम व्यवस्थापक तथा सूचना अधिकारी दीपेन्द्र परियारले उद्घाटन सत्रमा बेनी नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले औंल्याउनुभएको ‘सेयरिङ कल्चर’ र व्यावहारिक अभ्यासको मर्म बमोजिम नै तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। तालिममा बागलुङ, म्याग्दी र पर्वत जिल्लाका ८ स्थानीय तहका ५० जना शिक्षकहरूको सहभागिता रहेको उक्त तालिम गतचैत २६ देखि बेनीमा सञ्चालन भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP