Trend
सन्दीपको ह्याट्रिकमा विराटनगर प्लेअफको दाैडमा, पोखरा बाहिरियो  ||   सन्दीपको ह्याट्रिक र ६ विकेटको मद्दतमा विराटनगर हाबी, पोखराले दियो १३३ रनको लक्ष्य  ||   इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’  ||   भैलीको आत्मा कहाँ हरायो? आधुनिकताको भेलमा रैथाने संस्कृतिको खोजी  ||   कुकुरबारे यी १३ अनौठा तथ्य: जसले तपाईँको सोचाइ नै बदलिदिनेछ!  ||   आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन: कुन समयमा के गर्ने?  ||   गोरखामा सुक्खा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो, बुढीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह  ||   रहरले कोही बन्दैनन् शिक्षक : लाइसेन्सको आवेदन आधाले घट्यो, जाँच दिने ७०% फेल !  ||  
बिहिबार , कार्तिक २७, २०८३

पोखरा, चैत १६ गते । नेपाल शिक्षक महासङ्घ, भिमाद नगरपालिका, तनहुँको अध्यक्षमा सुरज लम्साल सर्वसम्मत चयन भएका छन् ।

जनज्योति माध्यमिक विद्यालयका शिक्षक लम्साल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, भिमादको निवर्तमान अध्यक्ष हुन् । साहित्यकारसमेत रहेका लम्सालको सहलेखनमा रहेको ‘कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्ति (कक्षा ६-१०)’ नेपाली विषयका शिक्षक र विद्यार्थीमाझ निकै लोकप्रिय बनेको छ । प्रविधिमा समेत रुचि राख्ने लम्साल शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका नेपाली विषयका रोस्टर प्रशिक्षक पनि हुन् ।

शनिवार सम्पन्न प्रथम अधिवेशनबाट महासङ्घको सहअध्यक्ष केशवराज तिमिल्सेना, उपाध्यक्ष श्रीकान्त उपाध्याय, महिला उपाध्यक्ष ईश्वरी पाण्डे अधिकारी, सचिव केशवराज कँडेल, महिला सहसचिव बुद्धिमाया थापा र अर्थ सहसचिव मदनकुमार थापा चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा दर्शन थापा, गोविन्द सिग्देल, गीता श्रेष्ठ, जीमाया थापा, मनिषा लम्साल, पदम राना, कमलकान्त सुवेदी, सुजन ढेवाजू, माधवी सिग्देल, भीष्म राना मगर र योगबहादुर नेपाली रहेका छन् । समितिमा केदारनाथ सिग्देल, केशरबहादुर खड्का र महेन्द्र सिग्देल पदेन सदस्य रहेका छन् ।

कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले भिमादको शैक्षिक सुधारमा सँगसँगै हातेमालो गर्न महासङ्घसँग आग्रह गरे । महासङ्घ जिल्ला अध्यक्ष चन्द्रमणि कोइरालाले वर्तमान आन्दोलनमा सम्पूर्ण शिक्षकहरू एकाताबद्ध भएर लाग्न आह्वान गरे । शिक्षा उपसचिव सन्दिप पौडेलले शिक्षकको पेसागत विकासका साथसाथै शैक्षिक सुधारमा महासङ्घको सक्रियता रहनुपर्ने बताए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तनहुँ जिल्ला अध्यक्ष बाबुराम रानाभाटले भिमाद शिक्षक महासङ्घले उदाहरणीय काम गर्ने आशा व्यक्त गरे ।

सचिव शिक्षक सङ्घका सचिव विजयराज गौतमको सञ्चालनमा भएको कार्यक्रममा जनज्योति माविका प्रअ गणेश सुवेदी, शिक्षक सङ्घ, भिमादका अध्यक्ष केदारनाथ सिग्देल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका महेन्द्र सिग्देललगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु।

६


TOP