Trend
मंगलबार , कार्तिक २५, २०८३

कास्की। अन्नपुर्ण गाउपालिकाले दशै तथा तिहारलाई लक्षित गर्दै बजार अनुगमन र भत्ता बितरण गरेको छ।

कार्तिक २ र ३ गते बजार अनुगमन र मिति गुज्रिएको खाद्यान्न नष्ट नागडाँडा, काँडे, लुम्ले , नयाँपुल बजार क्षेत्रमा र वडा ४ सल्यान गाउमा गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसिको उपस्थितिमा गरिएको थियो। अशक्त र वृदाहरुलाई घर घरमा पुगेर भत्ता बितरण गर्ने कार्यले बैक पुगेर लाईन बस्ने र आवत जावतमा झेल्न पर्ने समस्याबाट मुक्त भएको स्थानिय सल्यान बासिले बताउछन।

त्यस्तै उपभोक्ताहरुको गुनासो र बजार क्षेत्रमा हुनसक्ने शंकास्पद गतिविधिलाई ध्यानमा राखी अन्नपूर्णबासी आम उपभोक्ताहरुको हितलाई मध्येनजर गर्दै बजार अनुगमन गरिएको र  बजार अनुगमनको क्रममा भेटिएका कमि कमजोरीहरुलाई सच्याउनको लागी व्यापारी-ब्यवसायिहरुलाइ चेतावनी दिदै थालिएको अनुगमनको क्रममा भेटिएको म्याद नाघेको तथा खान अयोग्य खाद्य सामानहरु जफत गरि नष्ट गरिएको थियो।

गाउँ पालिका अध्यक्ष केसी, वडा अध्यक्ष आइन्दल गुरुङ , वडा सदस्य मन बहादुर गुरुङ ( सन्तोष ), प्रहरि र Nic Asia बैंकको समन्वयमा घर घरमा गएर भत्ता वितरण गरिएको वडा सदस्य मन बहादुर गुरुङले सारंगी न्युजलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु।

६


TOP