Trend
मंगलबार , कार्तिक २५, २०८३

म्याग्दी । श्री गाै बाेमबस्त माध्यमिक प्रतिभा बाल क्लबद्वारा आयोजित अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा आयोजित प्रतियोगितामा गौ बोम बस्त माध्यमिक विद्यालय प्रथम भएको छ । दोस्रो र तेस्रो क्रमशः श्री भीम माध्यमिक विद्यालय र श्री सिद्धार्थ बोर्डिङ स्कुल भए ।बिजेता टिमहरुले क्रमशः नगद रु ३ हजार, २ हजार , १ हजार र प्रमाणपत्र प्राप्त गरे भने सर्वोउत्कृष्ट नृत्यको पुरस्कार भीम माविका पोबिना घर्ती र निरुता घर्तीले जिते । उनिहरुले नगद रु ५ सय र प्रमाणपत्र प्राप्त भए । प्रथम पुरस्कार साैजन्य सुनिता पाइजा पुन दाेस्राे पुरस्कार राजमती बुढाथाेकी र तेस्राे पुरस्कार पूर्व विद्यार्थी नवीन बुढाथाेकीले गर्नुभएकाे थियाे । सम्पूर्ण सहयाेगीहरूलाइ बाल क्लबले सम्मान समेत गरेकाे थियाे ।

गाै बाेमबस्त माध्यमिक विद्यालयकाे प्राङ्गणमा भएको कार्यक्रममा श्री भीम माध्यमिक विद्यालय,सरस्वती आधारभूत विद्यालय, प्रतिनर्मा आधारभूत विद्यालय , लक्ष्मी आधारभूत विद्यालय र सिद्धार्थ बोर्डिङ स्कुलको सात समुहको सहभागीता रहेको थियो । श्यामकुमार राना, नर बहादुर विश्वकर्मा र नवीना पुनले नृत्य प्रतियोगितामा निर्णायक भूमिका निभाएका थिए ।

देबिस्थान वडा न ५ का सदस्य घन बहादुर फगामीको प्रमुख आथित्यता र पूर्व वडाध्यक्ष पिपला बुढाथोकीको विशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता निमित्त प्रधानाध्यापक बुद्धि बहादुर रानाले गर्नुभएको थियो ।वडा सदस्य सरिता बिक,मालिका महिला सहकारीका प्रबन्धक राजमती बुढाथोकी, प्रतिनर्मा आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थ प्रसाद फगामी, लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक टेकदेबी घर्ती,सिद्धार्थ बोर्डिङका सुमन गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिभा बाल क्लबका अध्यक्ष बिपाशा सिउथानीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक चेत बहादुर जिटिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु।

६


TOP