शनिबार , कार्तिक १५, २०८३

काठमाडौं, कात्तिक १४ । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा शनिबार बिहानैदेखि भारी वर्षा भएपछि प्रमुख नदीहरूमा जलसतह बढ्न थालेको छ।

पर्यावरण, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण विज्ञ उज्ज्वल उपाध्यायका अनुसार रातभरको वर्षाले मनाङको ताल क्षेत्रमा ८२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

निरन्तरको वर्षाका कारण मर्स्याङ्दी, कालीगण्डकी, बुढीगण्डकी, मादी र सेती नदीमा पानीको सतह तीव्र रूपमा बढिरहेको छ। नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न विज्ञ उपाध्यायले आग्रह गरेका छन्।

भारी वर्षासँगै पहिरोको जोखिम पनि बढेको छ। पृथ्वी राजमार्गको गल्छी–नारायणगढ खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा शनिबार रातिसम्म यात्रा नगर्न सुझाव दिइएको छ।

लगातारको वर्षाले काठमाडौं उपत्यकासहित विभिन्न स्थानको जनजीवनसमेत प्रभावित भएको छ। मौसमविद्हरूले वर्षा अझै केही समय जारी रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई सतर्क रहन अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

२

अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।

३

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

४

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

५

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

६


TOP