शनिबार , कार्तिक १५, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेलमा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। चितवनले पनि विराटनगर किङ्सलाई आठ रनले हराउँदै विजयी सुरुवात गरेको थियो।

लुम्बिनी अघिल्लो सिजनको पाँचौँ खेलदेखि लगातार छ खेलमा अपराजित छ। एनपीएलका अघिल्ला दुई सिजनमा चितवनसँग भएका दुवै खेल जितेको लुम्बिनी यसपटक पनि आफ्नो जितको लय कायम राख्न चाहन्छ। यता चितवन भने पुरानो हारको बदला लिने लक्ष्यमा हुनेछ।

लुम्बिनीका किशोर महतो र डार्शी शर्ट तथा चितवनका कमलसिंह ऐरी र डाविड मलान आजको खेलका प्रमुख खेलाडी हुनेछन्। चितवनका कप्तान कुशल मल्ल पनि चोटबाट फर्कने सम्भावना छ।

यद्यपि, खेलमा मौसम बाधक बन्न सक्ने देखिएको छ। अर्नब चक्रवातको प्रभावका कारण काठमाडौंमा वर्षा भइरहेको छ। शनिबार पनि हल्का वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ। खेल हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ।

खेल दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

२

अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।

३

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

४

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

५

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

६


TOP