Trend
मंगलबार , कार्तिक २५, २०८३

म्याग्दी । विद्यार्थीहरुलाई सुसूचित र सिर्जनशिल बनाउने उद्देश्यले विद्योदय बाल क्लबले ‘दि भ्वाइस अफ विद्योदय’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेको छ ।

बेनी नगरपालिका १०, वाखेतमा अवस्थित विद्योदय आधारभूत विद्यालयमा गठित नव गठित  क्लबको पहलमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पत्रिका प्रकाशन भएको छ । विद्यार्थीहरुले ड्रईङ पेपरमा हातैले लेखेर बुधबारदेखि समाचार र साहित्यमूलक मासिक भित्ते पत्रिका प्रकाशनमा ल्याएका हुन् । पत्रिकाको बुधबार विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले सम्पादकीय वाचन गरी उद्घाटन गर्नुभयो ।

 

सामुदाय विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आर्कषण वृद्धि गर्न, विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्दै रचनात्मक क्रियाकलापमा प्रोत्साहित गर्ने उद्धेश्यले मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको प्रधानाध्यापक प्रकाश अधिकारीले बताउनुभयो । पोखराको माछापुच्छ्रे एफएमका पूर्व स्टेशन म्यानेजर तथा सारङ्गी न्युजका सम्पादक समेत रहेका अधिकारीले विद्यार्थीहरुको पहिलो प्रयास नै उत्कृष्ट भएको बताउँदै आगामी अंकहरु अझै परिष्कृत र परिमार्जित गर्दै लैजान आग्रह गर्नुभयो । उहाँले संस्कारयुक्त गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुको चौतर्फी विकासकालागि विद्यालयले विशेष कार्यक्रम प्याकेज ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका सूचना अधिकारी तथा शिक्षक अमृता जिसी रोकाको सहजीकरणमा विद्यार्थीहरुले भित्ते पत्रिका प्रकाशन सुरु गरेका हुन् । भित्ते पत्रिकाको सम्पादकमा सोफिया  पाइजा र सह–सम्पादकमा  रेविका राेका रहेका छन् । यस्तै, प्रअ प्रकाश अधिकारी संरक्षक तथा शिक्षक अमृता जिसी रोका संयोजक रहनुभएको छ । पत्रिका प्रकाशनले विद्यालयमा अध्ययनरत करिब ७५ जना बालबालिकाको प्रतिभा उजागर गर्नमा टेवा पुग्ने संयोजक अमृता जिसी रोकाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु।

६


TOP